नेपाल इन्भेष्टमेन्ट बैंकलाई एस डेभलपमेन्ट बैंक एक्वायर गर्न अन्तिम स्वीकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्भेष्टमेन्ट बैंकलाई एस डेभलपमेन्ट बैंक एक्वायर गर्न अन्तिम स्वीकृति



 

काठमाडौं ३० जेठ। नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंक एक्वायर (प्राप्ति) गर्न अन्तिम स्वीकृति पाएको छ ।

नेपाल राष्ट्र बैंकको मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले एस डेभलपमेन्टलाई एक्वायर गर्न इन्भेष्टमेन्ट बैंकलाई अन्तिम स्वीकृति दिएको राष्ट्र बैंकले जनाएको छ  ।

दुई बैंकका अध्यक्षबीच भएको एक्वायर सम्झौताअनुसार सेयर स्वाप रेसियो १ बराबर ०.४१ कायम गरिएको छ । यसको अर्थ अब एस डेभलपमेन्ट बैंकका सेयरधनीले १ सय कित्ता सेयरको बदला इन्भेष्टमेन्ट बैंकको ४१ कित्ता

सेयर पाउनेछन् ।

इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७२ ७३ मा खूद नाफा मात्रै २ अर्ब ५४ करोड रुपैयाँ गरेको छ । बैंकको चुक्तापूँजी ७ अर्ब २५ करोड रुपैयाँ रहेको छ । एस डेभलपमेन्ट बैंकको चुक्तापूँजी १ अर्ब बढी छ ।

प्रकाशित : ३० जेष्ठ २०७४, मंगलवार ०५:०९