नीति तथा कार्यक्रम कस्तो आउला ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नीति तथा कार्यक्रम कस्तो आउला ?



काठमाडौ ।आगामी आर्थिक वर्षका लागि सरकारले आज(बुधबार)आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आज दिउँसो तीन बजे बस्ने व्यवस्थापिका संसदको बैठकमा सरकारले वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

राष्ट्रपति डाक्टर रामवरण यादवले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने छन् । आगामी आर्थिक वर्षमा सरकारले अपनाउने आर्थिक तथा सामाजिक नीति र विकास निर्माणका कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गर्ने गरिन्छ । सोही नीति तथा कार्यक्रमका आधारमा नै सरकारले बजेट बनाउने प्रावधान रहेको छ । संसदले नीति तथा कार्यक्रम अनुमोदन गरेपछि बजेट सार्वजनिक गर्न सरकारलाई बाटो खुल्ने छ । सरकारले आगामी आर्थिक वर्षमा संविधान निर्माणसंगै भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, कृषि, ऊर्जा र पर्यटनको विकासलाई प्राथमिकता दिने बताइएको छ ।

प्रकाशित : २३ असार २०७२, बुधबार ०१:०५