एभरेष्ट बैंकको हकप्रद असार १८ बाट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एभरेष्ट बैंकको हकप्रद असार १८ बाट



काठमाडौं १ असार । एभरेष्ट बैंकले असार १८ बाट ३३ प्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ। बैंकले प्रति १०० रुपैयाँ अंकित मूल्यको एक करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद शेयर निस्कासन गर्न लागेको हो।असार १८ बाट साउन २२ सम्म हकप्रदमा आवेदन दिन सकिने निस्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटलले जनाएको छ। हकप्रदमा आवेदन दिन असार ६ गते भित्र बैंकको शेयरधनी कायम हुनुपर्ने पनि जनाइएको छ। बैंकको चुक्ता पूँजी अहिले चार अर्ब ५२ करोड रुपैयाँ रहेको छ। हकप्रदको निष्काशन पछि चुक्ता पूँजी छ अर्ब तीन करोड रुपैयाँ पुग्नेछ।

प्रकाशित : १ असार २०७४, बिहीबार ०६:२६