सर्वाधिक धनी ६ मुस्लिम राजसुन्दरी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सर्वाधिक धनी ६ मुस्लिम राजसुन्दरी



महिलामा सुन्दरता होस त्यति काफी हुन्छ । अझ त्यसमाथि धन पनि भयो भने त सुनमा सुगन्ध नै मानिन्छ । यहाँ त्यस्तै केही महिलाको चर्चा गरिएको छ जो सुन्दर मात्र होइन अर्वपति पनि हुन् । रमाइलो कुरा त के भने यिनीहरु राजपरिवारमा जन्मिएका वा विवाह गरेका कारण यसरी मालामाल भएका हुन् । पति वा पितासँगको सम्पति बाहेक पनि करोडौंको मालिकनी बनेका ६ मुश्लिम सुन्दर चर्चा गरिएको छ ।

 

१ राजकुमारी अमीरा

राजकुमारी अमीरा साउदी राजपरिवारकी सदस्य हुन् । उनी एक पटक नेपाल समेत आइसकेकी छिन् । राजकुमार अल-वालिद बिन तलालकी पत्नि उनि किङडम होल्डिङ कम्पनीकी फाउण्डर कार्यकारी हुन् । उनका पति अरव देशमा सबैभन्दा धनि ब्यक्ति मानिन्छन् । फोर्ब्स म्यागजिनका अनुसार तलालको सम्पति २२ दशमलव ८ अर्वडलर छ । त्यसैगरी अमीराको मात्र सम्पति करिव २०० करोडको सम्पति छ ।

 

 

२ जोर्डनीकी महारानी रानिया
जोर्डनका राजकुमार अब्दुल्ला २ की पत्नी रानिया जोर्डनकी महारानी हुन् । उनका पति अब्दुल्लाह संसारका धनाड्य मध्ये एक हुन् । उनले स्टार ट्रेकमा थीम पार्क बनाउन एक्लै १औ हजार करोड खर्च गरेका थिए । रमाइलो कुरा त सन् १९७० मा जन्मेकी रानियासँग पनि विवाह अघि नै करिव ४०० करोडको सम्पति थियो । उनी फोर्ब्सको संसारका सबैभन्दा शक्तिशाली १०० महिलाको सूचीमा छिन् ।

 

 

 

richest-muslim-women-in-the-world-2३ महारानी प्रिन्सेस लला सलमा

मोरक्कोकी महारानी प्रिन्सेस लला सलमा त्यहाँका राजा मोहम्मद छैठौंकी पत्नि हुन् । २ सन्तानकी आमा सलमा अर्वपति सुन्दरी हुन् । २५ हजार करोड भन्दा बढी सम्पतिकी मालिकनी उनीको दैनिक खर्च नै ७ करोड भन्दा बढी रहेको बताइन्छ ।

 

४ क्वीन नूर जाहिरा

मलेसियाकी रानी जाहिरा सुल्तान मिजान जाइनल अबीदिनकी पत्नि हुन् । उनी मलेसियाकी ३१ औं महारनी पनि हुन् । उनको साथमा कति सम्पति छ भन्ने प्रष्ट विवरण सार्वजनिक नभएपनि उनीसँग १ लाख करोड भन्दा बढी सम्पति भएको अनुमान गरिन्छ । उनी पनि संसारकै खर्चालु सुन्दरी मानिन्छिन् ।

५ फातिमा कुलसुम
फातिमा कुलसुम अरवका राजकुमार शेख अवदि अल मोहम्मदकी पत्नि हुन् । कुलसुम जौहर विश्वका सबैभन्दा समृद्ध देशका एक साउदी अरव राजघरानाकी रानी हुन् । पारवारिक रिति रिवाजका कारण उनको अनुहार धेरैले नदेखेपनि कतिपय समयमा उनका तस्विर लिक भएका छन् । फोर्ब्सका अनुसार तेल भण्डारको मालिक देशकी रानी यिनीसँग पनि अर्वौंको सम्पति छ ।

 

६ राजकुमारी हजाह हफिजह सुरुरुल बोल्किअह

राजकुमारी हजाह हफिजह सुरुरुल बोल्किअह संसारकै सबैभन्दा धनी सुल्तान हसन बोल्किअहकी छोरी हुन् । ब्रुनाईका सुल्तान हसनसँग अर्वौंको सम्पति छ । उनीसँग ७ हजार त कार मात्र छन् । सुल्तानले आफ्नी छोरीको विवाहमा २४० करोड खर्च गरेका थिए । यिनको विवाह हाजी मुहम्मद रुजैनीसँग भएको छ ।एजेन्सीको सहयोगमा

प्रकाशित : २३ असार २०७२, बुधबार ०२:०५