एनबी इन्स्योरेन्सको हकप्रद बिक्री खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनबी इन्स्योरेन्सको हकप्रद बिक्री खुला



काठमाडाै ५ जेठ । एनबी इन्स्योरेन्सले आज असार ५ गते देखि हकप्रद बिक्रि खुला गरेको छ । एनबि इन्स्योरेन्सले १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको शत प्रतिशत हकप्रद निष्काशन गरेको हो । इन्स्योरेन्सले प्रति कित्ता १०० रुपियाँ पर्न आउने गरी २७ लाख कित्ता हकप्रद निष्काशन गरेको हो । हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले हकप्रद प्रयोजनको लागि जेठ ४ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । जेठ ३ सम्म कायम शेयरधनीले हकप्रदको लागि आवेदन दिन सक्ने छन् ।

इच्छुक लगानीकर्ताले ग्लोबल आईएमई क्यापिटलको कार्यालय र एनबि इन्स्योरेन्सको शाखा कार्यालयबाट आवेदन दिन सक्ने छन् । हकप्रद भर्ने म्याद श्रावण ९ गते सम्म रहेको छ ।

इन्स्योरेन्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ३ करोड १२ लाख खुद नाफा कमाएको थियो । हाल इन्स्योरेन्स चुक्ता पुंजी २७ करोड रहेकोमा शत प्रतिशत हकप्रद निष्काशनपछि चुक्ता पुंजी ५४ करोड पुग्ने छ ।

बिमा समितिको निर्देशन अनुसार आर्थिक बर्ष २०७४/७५ को अन्त्यसम्ममा हरेक निर्जीवन बिमा कम्पनीले चुक्ता पुंजी १ अर्ब पुर्याउनु पर्ने हुन्छ । अब एनबीले थप ४६ करोड चुक्ता पुंजी थप्नु पर्ने हुन्छ ।

प्रकाशित : ५ असार २०७४, सोमबार ०५:१८