विमामा सर्वसाधारणको चासो कम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

विमामा सर्वसाधारणको चासो कम



काठमाडौं। विमा मानव जीवनको अत्यावश्यकीय कुरा भएपनि जनचेतना, विमा कम्पनीहरुले लाउने गरेको झन्झटिलो प्रक्रियाका कारण नेपालमा उल्लेख्य रुपमा जीवन विमा गर्नेहरुको संख्या बढ्न नसकेको धरानमा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका हुन् । बराह बचत तथा ऋण सहकारी संस्था लि. आफ्ना स्व. कर्मचारी टिका विश्वकर्मालाई विमा हस्तान्तरण कार्यक्रममा सहभागी भएका सहभागीहरुले यस्तो बताएका हुन् ।

नेपालमा सरकारबाट स्वीकृत प्राप्त वीमा कम्पनीको संख्या २५ वटा भएपनि विमाको महत्वको विषयमा सर्वसाधारणमा जानकारी नहुँदा जीवन वीमा गर्नेको संख्या अत्यन्तै न्युन रहेको विमा एसियन इन्स्युरेन्सका धरान शाखा प्रवन्धक तिलक विक भनाई छ । विमा कम्पनीले बच्चादेखि वृद्धसम्मका लागि अनेकम स्किम ल्याएपनि यसलाई विगतमा गरेका नेटवर्किङ्ग व्यवसायसंग जोडेर भ्रम फैल्याउने काम गरेका कारण पनि नेपालमा २५ प्रतिशत भन्दा बढीले जीवन विमा नगरेको विमा कम्पनीहरुको भनाई छ ।

त्यस्तै कानुन व्यवसायीहरुले भने वीमा कम्पनीको स्किम अत्यन्तै राम्रो कानुनी मापदण्ड अनुसार चलेको भएपनि वीमा गरेको रकम झिक्न अत्यन्तै झन्झिटलो भएकै कारण वीमा गर्नेको संख्यामा वृद्धि नभएको धारणा रोखे । कानुनी व्यवसायीका अनुसार बीमाप्रति आकर्षण बढाउन वीमा कम्पनीले यसको विषयमा सर्वसाधारणलाई सरल र सहज ढंगले बुझाउने तौर तरिका अपनाउनुपर्नेमा सुझाव दिए ।

बराह बचत तथा ऋण सहकारी संस्थाका कानुनी सल्लाहकार अभिवक्त अवइन्द्र निरौलाले कम्पनीमा काम गर्ने कामदारलाई वीमा अनिवार्य हो भन्ने कुरा बुझाउनै लागि धरानस्थित बराह इण्ड्रिज प्रा.लिले आफ्ना १ सय २ जना कर्मचारीहरुको एसियन लाइफ इन्स्युरेन्समा जीवन वीमाको थालनी गरेको छ । वीमा गरेकै कारण संस्थाकी कर्मचारी टिका विकका परिवारलाई आज एक कार्यक्रमको आयोजना गरी वीमा रकम हस्तान्तरण गरिएको छ । बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मानबहादुर दियालीको अध्यक्षतामा भएको कार्यक्रममा स्व. कर्मचारी टिका विकका परिवारलाई ९८ हजार ४ सय ६ रुपैया कार्यक्रमकी प्रमुख अतिथि एवम् नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य निलिफा सुब्बा, महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरे र एसियन कम्पनीका प्रवन्धक तिलक कालिकोटेले संयुक्त रुपमा हस्तान्तरण गरे । २७ बर्षकै अल्पआयुमा निधन भएकी विकले बराहमा ०६९ चैत्र १ गतेबाट काम शुरु गरेपनि दुईबर्षपछि अर्थात ०७१ चैत्र १४ गते निधन भएको थियो । १ लाख १ हजारको वीमा गरेकी विकको एक किस्तामात्र बुझाइएको थियो ।

प्रकाशित : २६ असार २०७२, शनिबार १२:५९