विन्डोज १० नै विन्डोजको अन्तिम अपरेटिङ सिस्टम, ११ आउँदैन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

विन्डोज १० नै विन्डोजको अन्तिम अपरेटिङ सिस्टम, ११ आउँदैन



Windows10_1माइक्रोसफ्टले सार्वजनिक गर्न लागेको विन्डोज १० नै विन्डोज सिरिजको अन्तिम अपरेटिङ सिस्टम हुने भएको छ । विन्डोज १० सार्वजनिक गर्ने तयारीमा रहेको माइक्रोसफ्टले यो नै विन्डोज अपरेटिङ सिस्टमको अन्तिम संशोधन हुने जनाएको छ ।

माइक्रोसफ्टका डेभलपर मध्येका एक जेरी निक्सनका अनुसार विन्डोज १० नै विन्डोज सिरिजमा डेस्कटप कम्युटरको मुख्य अपरेटिङ सफ्वेयरको अन्तिम संस्करण हुनेछ । अमेरिकाको सिकागोमा भएको माइक्रोसफ्टको इग्नाइट सम्मेलनमा डेभलपर निक्सनले आफ्नो मन्तव्यको क्रममा विन्डोज १० विन्डोज सिरिजमा अपरेटिङ सिस्टमको अन्तिम संस्करण हुने बताएका हुन् ।

तर विन्डोजको नयाँ संस्करण नल्याएपनि भएकै विन्डोज सिस्टमलाई निरन्तर रुपमा अपडेट गर्दै लगिने निक्सनले बताए । नयाँ विन्डोज ल्याउने भन्दा पनि विन्डोज १० लाई नै नियमित रुपमा सुधार गर्दै लगिने माइक्रोसफ्टले जनाएको छ ।

विन्डोज १० पछि माइक्रोसफ्टले अपरेटिङ सिस्टमका लागि सफ्टवेयर नै नल्याउने निर्णय गरेको भने होइन । अब विन्डोजको साटो अरु नै अपरेटिङ सिस्टम ल्याउनका लागि ध्यान केन्द्रित गरिने माइक्रोसफ्टले जनाएको छ ।
विन्डोज ११ आउँदैन

विन्डोज १० पछि ल्याइने अपरेटिङ सिस्टमको नाम विन्डोज ११ नहुने माइक्रोसफ्टले जनाएको छ । त्यसपछि ल्याइने सिस्टमको नाम के हुने भन्ने यकिन नभएपनि विन्डोज ११ नराख्ने पक्का भएको कम्पनीले जनाएको छ । विन्डोज ८.१ तथा ८.१ अपडेट पछिको सिरिजलाई विन्डोज ९ नामाकरण नगरेर १० नामाकरण गरिनु अपरेटिङ सिस्टममा परिवर्तनको संकेत भएको कम्पनिले जनाएको छ । अब माइक्रोसफ्टको ध्यान अर्को उत्कृष्ट र नयाँ किसिमको अपरेटिङ सिस्टम ल्याउने तर्फ केन्द्रित हुने माइक्रोसफ्टको एनालिस्ट फर्मका उपाध्यक्ष स्टीभ क्ल्यानहन्सले बताए ।

माइक्रोसफ्टले विन्डोजको नयाँ संस्करण ल्याउँदा त्यसको विज्ञापन तथा उपभोक्तालाई यो नयाँ संस्करण आवश्यक छ भन्ने महसुस गराउन ठूलो मात्रामा रकम खर्च गर्ने गरेको छ । प्रयोगकर्ताको रुची अनुसार भैरहेकै विन्डोजमा नयाँ विशेषताहरु थप गर्दै लगिने तथा अरु नै नयाँ खालको अपरेटिङ सिस्टम बनाउने माइक्रोसफ्टको तयारी छ । माइक्रोसफ्टको यो निर्णय सकारात्मक तर चुनौती पूर्ण रहेको क्ल्यानहन्सले बताए ।

विन्डोज १० पछि यसको नयाँ संस्करण नल्याउनु भन्नुको अर्थ माइक्रोसफ्टले अपरेटिङ सिस्टम नै नबनाउने भन्ने नभएको बरु विन्डोज भन्दा पनि उत्कृष्ट अपरेटिङ सिस्टम ल्याइने क्ल्यानहन्सले बताए । माइक्रोसफ्टले विन्डोज १० यही वर्षको ग्रीष्ममा सार्वजनिक गर्ने तयारी गरेको छ । विन्डोज १० एक सय ९० देशमा एक सय ११ भाषामा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
– एजेन्सीको सहयोगमा

प्रकाशित : १ जेष्ठ २०७२, शुक्रबार ०४:३९