भगवान् शिवको पवित्र स्थल चन्द्रागिरि प्राकृतिक सौन्दर्यले भरिपूर्णःपाइलटबाबा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भगवान् शिवको पवित्र स्थल चन्द्रागिरि प्राकृतिक सौन्दर्यले भरिपूर्णःपाइलटबाबा



काठमाडाै १० असार । पाइलटबाबाले चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन् । अनौपचारिक भ्रमणमा आएका बाबालाई चन्द्रागिरि हिल्स लिमिटेडका संचालक अम्बिका प्रसाद पौडेल र महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागतगर्दै परियोजनाको स्थलगत भ्रमण गराएका छन् । चन्द्रागिरिमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै बाबाले भगवान् शिवको पवित्र स्थल चन्द्रागिरि प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको र यहाँको भ्रमणले आफु अत्यन्तै मोहित बनाएको उल्लेख गरे ।

चन्द्रागिरिहिल्स लिमिटेडका अनुसार ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

प्रकाशित : १० असार २०७४, शनिबार ०६:०७