सुन व्यवसायीमा आशा पलायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सुन व्यवसायीमा आशा पलायो



Gold_Shotकाठमाडौं । लामो समयदेखि स्थिर रहेको सुनचाँदी बजार साताको पहिलो दिन उकालो लागेसँगै व्यवसायीमा भने केही आशा जगाएको छ । वैशाख १२ गते गएको विनाशकारी भुकम्पबाट थला परेको सुन बजारमा सुधार देखिएसँगै व्यवसायीमा केही आशा पलाएको हो ।

साताको सुरुवातको दिन आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ बढेर ५० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारदेखि नै स्थिर रहँदै आएको सुनको मूल्य शुक्रबारसम्म आईपुग्दा ५० हजार ५ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै छापावाल सुनको मूल्य बढेसँगै तेजावी सुनको मूल्य पनि प्रतितोला ५० हजार ४ सय ५० पुगेको छ ।

सुनको मूल्य बढिरहेको अवस्थामा चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला ६ सय ७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : २७ असार २०७२, आईतवार १४:२८