भुकम्पले अर्थतन्त्रको जग हल्लाइदिएपछि आर्थिक बृद्धि दर ३.०४ प्रतिशतमा सीमित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भुकम्पले अर्थतन्त्रको जग हल्लाइदिएपछि आर्थिक बृद्धि दर ३.०४ प्रतिशतमा सीमित



काठमाडौं । सरकारले आर्थिक बृद्धि दर ३.०४ प्रतिशत हुने अनुमान गर्दै चालु आर्थिक बर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । सरकारले संसदमा सर्वेक्षण टेबुल गर्दै भुकम्पका कारण बृद्धि दरमा गिरावट आउने जनाएको छ ।


सरकारले चालु आर्थिक बर्षका लागि बजेट प्रस्तुत गर्दा बृद्धि दर ५.५ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । विकास खर्च नगन्य भएपछि बजेटको अद्र्धबार्षिक समिक्षामा लक्ष्य घटाएर पाँच प्रतिशतमा झारेको थियो । बैशाख १२ मा गएको भुकम्प र त्यसपछिका परकम्पनले अर्थतन्त्रको जग हल्लाइदिएपछि आर्थिक बृद्धि दर ३.०४ प्रतिशतमा सीमित भएको हो ।

सरकारले कृषि क्षेत्रको बृद्धि दर एक प्रतिशत र गैरकृषितर्फको ३.६ प्रतिशत हुने अनुमान गरेको छ ।  भूकम्पले ५२ अर्बको उत्पादन क्षति भएकोले आर्थिक वृद्धिदरमा कमी आएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । भूकम्पले सबैभन्दा बढी रियलस्टेटमा बढी असर परेको सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणका अनुसार भूकम्पपछि रियलस्टेटको वृद्धिदर शुन्य दशमलब ८ प्रतिशतमा सिमित रहनेछ ।

भूकम्प अघि रियलस्टेटको वृद्धिदर ४ दशमलब ८ प्रतिशत रहने अनुमान गरिएको थियो । सर्वेक्षणका अनुसार भूकम्पपछि बैंक तथा वित्तिय संस्थाहरुबाट कर्जामा समेत असर पर्नेछ । भूकम्पले चालु आर्थिक वर्ष राजस्व असुलीको लक्ष्य समेत ३३ अर्बले कमी आएर ३ खर्ब ९० अर्ब मात्रै उठ्ने अनुमान अर्थमन्त्रालयले गरेको छ । चालु आर्थिक वर्ष २०७१/०७२मा ४ खर्ब २३ अर्ब राजस्वको लक्ष्य राखिएको थियो ।

प्रकाशित : २७ असार २०७२, आईतवार १४:३६