नेप्से १ दशमलव २८ अंकले अंकले ओरालो लाग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्से १ दशमलव २८ अंकले अंकले ओरालो लाग्यो



काठमाडौँ १४ असार । बुधबार नेप्से १ दशमलव २८ अंकले ओरालो लागेको छ। बुधबार कारोबार मा आएका १४० कम्पनी को ७ लाख ९९ हजार ३ सय १८ कित्ता सेयरबाट ४९ करोड ६८ लाख ७६ हजार ६ सय ५१ रुपैयाको कारोबार भएको छ।
बुधबार बैँक , जलविधुत र अन्य समुह बाहेक अरु सबै समुहले कमाएका छन् । बुधबार सबै भन्दा धेरै होटल समुह ले कमाएको छ । बुधबार होटल समुह २८ दशमलव १४ अंकले उकालो लागेको छ। बुधबार इन्स्योरेन्स समुह १०दशमलव ९१ अंकले, विकास बैँक समुह ५ अंकले र फाइनान्स समुह २ दशमलव ०३ अंकले उकालो लागेको छ ।

बुधबार जलविधुत समुह ७ दशमलव ५२ अंकले, बैँक समुह ३ दशमलव ५३ अंकले र अन्य समुह २ दशमलव ०३ अंकले ओरालोे लागेको छ।

प्रकाशित : १४ असार २०७४, बुधबार ०९:३८