क्लियरिङ्ग हाउसको संचालकमा ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

क्लियरिङ्ग हाउसको संचालकमा ढकाल



काठमाडाै १४ असार । नेपाल क्लियरिङ्ग हाउसको संचालक पदमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल नियुक्त भएका छन् ।

मंगलबार बसेको १०१ औं संचालक समितिको बैठकले विकास बैंक समूहमा मुक्तिनाथ बैंकका सीइओ ढकाललाई संचालक पदमा नियुक्त गरेको हो । उनी हाल डेभलपमन्ट बैंकर्स एशोसिएसनका अध्यक्ष समेत रहेका छन् । यसअघि डेभलपमेन्ट बैंकर्स एशोसिएसनको तर्फबाट कृष्णराज लामिछानेले प्रतिनिधित्व गर्दै आएका थिए । उनले कैलाश विकास बैंक छाडेसँगै सो पद रिक्त रहेको थियो ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंककातर्फबाट १ जना, वाणिज्य बैंकको तर्फबाट ३ जना, विकास बैंक, फाइनान्स कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिजबाट क्रमशः एक एकजना गरी जम्मा ७ जनाको प्रतिनिधि रहने व्यवस्था छ ।

 

प्रकाशित : १४ असार २०७४, बुधबार १५:१६