कृषि प्रणालीमा सुधार ल्याउन जोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

कृषि प्रणालीमा सुधार ल्याउन जोड



agroकाठमाडौं । अर्गानिक खेती प्रणालीलाई व्यवसायिक बनाउन भु–वनावट हेरेर १४ जिल्लामा धान खेतीको व्यापक विकास गर्ने योजना सरकारले ल्याउन लागेको छ ।

काठमाण्डौंमा आयोजित अर्गानिक खेतीको व्यवसायिकरणबारे अन्र्तक्रिया सरकारले अर्गानिक खेती प्रणालीलाई व्यवसायीक बनउने कार्यक्रमम ल्याउन लागेको कृषि विकास मन्त्रालय, कृषि विभागका महानिर्देशक डाक्टर युवकध्वज जिसीले बताएका हुन् । महानिर्देशक जिसीले कृषिलाई छुट्टै उद्योगको रुपमा विकास गर्नसके पुरै देश आत्मनिर्भर बन्ने भएकाले यसको विकास गर्नुपर्नेमा जोड दिए ।

जग्गाको भु–स्वामित्व विशिष्टिकरण गर्नसके आगामी ३ वर्षमा मुलुक खाद्यान्नमा आत्मनिर्भर बन्ने बताउँदै, कृषक समुहलाई एक ढिक्का हुन आह्वान गरे । कार्यक्रममा कृषि निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले आई पिएम प्रविधिको विस्तार र विकासलाई व्यापक बनाउँदै लैजानको लागी घरेलु विषादीको उत्पादन तथा प्रयोगमा बढावा दिनु आजको आवश्यकता रहेको औंल्याए । हावापानीको विविधता भएको देशमा कृषि नीति बनाएता पनि कार्यान्वयन फितलो हुनु सरकारको कमजोरी रहेको उनले स्वीकार गरे । कार्यक्रममा व्यवसायिक अर्गानिक कृषिका ११ जना अभियन्ता कृषकलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

प्रकाशित : २७ असार २०७२, आईतवार १४:४०