कन्चन डेभलपमेन्ट बैंकले असार ३० गतेदेखि हकप्रद बिक्रि गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कन्चन डेभलपमेन्ट बैंकले असार ३० गतेदेखि हकप्रद बिक्रि गर्ने



काठमाडाै १६ असार । कन्चन डेभलपमेन्ट बैंकले असार ३० गतेदेखि हकप्रद बिक्रि गर्ने भएको छ । बैंकले १०:३ को अनुपातमा हाल कायम चुक्ता पुंजीको ३० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो।

हकप्रद निष्काशनको प्रयोजनार्थ बैंकले असार १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जेठ ३१ गतेसम्म कायम शेयरधनीले भदौ १ सम्म हकप्रदको लागि आवेदन दिन सक्ने छन् ।

बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले १० करोड ३९ लाख रुपैयाँ बराबरको १० लाख ३९ हजार ५ सय कित्ता हकप्रद बिक्रि गर्न लागेको हो। बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

बैंकको ७ औ बार्षिक साधारणसभाले ३० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गरेको हो। ३० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ४५ करोड ४ लाख रुपैयाँ पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी ३४ करोड ६५ लाख रुपैयाँ रहेको छ। बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २ करोड ९७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले २०७४ असार मसान्त भित्र चुक्ता पुंजी ५० करोड पुर्याउनु पर्ने छ।

प्रकाशित : १६ असार २०७४, शुक्रबार ०५:४३