मोबाइलएक्सपोको अवधि एक साताथपियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मोबाइलएक्सपोको अवधि एक साताथपियो



काठमाडाै १६ असार ।राजधानीको गोगंबुस्थित बिजी मलमा जारी सामसुङ मोबाइल एक्स्पोको अवधि एक साता थप गरिएको छ । एक्सपोका अवलोकनकर्ताको उल्लेख्य उपस्थिती आए पछि मलले एक्सपो असार २४ गतेसम्म सञ्चालन गर्ने भएको हो । मलका अनुसार जुनसुकै मोबाइलको खरिदमा विएसआर मुभिजको दुई वटा टिकट सित्तैमा उपलब्ध गराइने छ ।
असार ७ गते बाट संचालनमा आएको एक्सपोमा अवलोकनर्ताहरुको सहभागीता बढेपछि मलले नयाँ योजना सार्वजनिक गर्दै मोवाइलको खरिदमा अनिवार्य रुपमा बिएसआचर मुभिजको टिकट उपलब्ध गराउने व्यवस्था मिलाएको हो ।
एक्सपोमा अवलोकन कर्ताहरुको उल्लेखीय सहभागीता बढेपछि नयाँअफरका साथै मेलाअवधि बढाइएको एक्सपोका संयोजक हिरामणी तिमिल्सनाले जानकारी दिए ।“एक्सोपमा न्युनत्म हजार रुपैयाँदेखि ९९ हजार रुपैयाँ सम्मका मोबाइलहरु बिक्रीका लागि राखिएका छन् । जूनसुकै मोबाइल खरिद गरे पनि हामीले बिएसआर मुभिजको जो बिजीमलमै रहेको छ । त्यसको दुई वटा टिकट फ्रिमा उपलब्ध गराउने छौ ।”तिमिल्सनाले भने ।
असार ७गतेबाट सुरु भएको एक्सपोमा बिहीबार सम्ममा २५ हजार बढीले अवलोकन गरेका छन् भने पौने दुई करोड रुपैंया बढीको कारोबार भएको छ ।
असार २४ गते सम्म जारी रहने मोवाइल एक्स्पो अवधि भर ग्राहकहरुले बिजीमलका सबै फेन्सी पसलहरुबाट २५ प्रतिशत छुट पाउने छन् । त्यस्तै प्रत्येक दिन मलमा आउने ग्राहकले लक्की ड्र मार्फत एउटा स्मार्टफोन र पाँचजनाले सेल्फी स्टीक पाउने पनि एक्स्पो संयोजक तिमिल्सनाले जानकारी दिए ।
चर्चित र अधिक प्रयोगमा रहेका अधिकांस मोबाइलको आधिकारिक शोरुम रहेको बिजी मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ता कपडा, श्रृंगार तथा सौन्दर्य सामग्री,रेष्टुरेण्ट, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ५ दर्जन बढी स्तरीय स्टोरहरु सञ्चालनमा रहेका छन् ।

प्रकाशित : १६ असार २०७४, शुक्रबार ०७:००