भ्याटको त्रासले घट्यो शेयर बजार,लगानीकर्ताहरु हतोत्साही « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भ्याटको त्रासले घट्यो शेयर बजार,लगानीकर्ताहरु हतोत्साही



काठमाडौँ १८असार । कारोबारको पहिलो दिन आज आइतबार नेप्से २१ दशमलव ९९ अंकले ओरालो लागेको छ। लामो अवधिपछि बढ्ने प्रयासमा देखिएको सेयर बजारमा कारोबारको क्रममा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने खबरपछि दोहोरो अंकले ओरालो लाग्न थालेको हो  । आइतबार कारोबार मा आएका १४८ कम्पनी को ९ लाख ३१ हजार ९ सय ७५ कित्ता सेयरबाट ५६ करोड ७७ लाख १६ हजार ५ सय ९८ रुपैयाको कारोबार भएको छ।

आइतबार धेरैे समुहले गुमाएका छन । आइतबार होटल र अन्य समुह बाहेक अरु सबै समुहले गुमाएका छन् । आइतबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आइतबार इन्सयोरेन्स समुह १ सय २९ दशमलव ६६ अंकले ओरालो लागेको छ । आइतबार विकास बैँक समुह ३० दशमलव २१ अंकले, जलविधुत समुह २५ दशमलव ४२ अंकले,बैंक समुह २२ दशमलव ८७ अंकले,उतपादनमुलक समुह २० दशमलव ६८ अंकले र फाइनन्स समुह ६ दशमलव ५२ अंकले ओरालो लागेको छ।

आइतबार अन्य समुह र होटल समुह भने उकालो लागेको छ। आइतबार अन्य समुह २ दशमलव ६१ अंकले र होटल समुह ० दशमलव ३३ अंकले उकालो लागेको छ ।

प्रकाशित : १८ असार २०७४, आईतवार ०९:३७