सनराईज बैंकको हकप्रद भर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सनराईज बैंकको हकप्रद भर्ने आज अन्तिम दिन



काठमाडौं, १९ असार  । सनराइज बैंकको ३० प्रतिशत हकप्रद शेयर बिक्री रहेको छ । जेठ १६ गतेबाट बिक्री रहेको बैंकको हकप्रदमा लगानीकर्ताले आज असार १९ गतेसम्म मात्रै आवेदन दिन पाउनेछन् ।

बैंकले १०० रुपैयाँ अंकित मूल्यको १ करोड ६३ लाख ५९ हजार ६३६ कित्ता शेयर निष्काशन गरेको हो । सनराइजको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । बैंकको हकप्रद शेयरमा वैशाख २८ गते सम्म कायम रहेका शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

हकप्रद सेयर निष्काशन पछि सनराइजको चुक्ता पुँजी ७ अर्ब ८ करोड ९१ लाख ७५ हजार ७०० रुपैयाँ पुग्नेछ । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुर्याउन सनराइजले ३०५ हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

हकप्रदमा प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी सनराईज बैंकको मुख्य कार्यालय सनराइज प्लाजा, गैरीधारा क्रसिङ्ग काठमाडौं तथा बैंकका अधिकांस शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सकिनेछ ।

प्रकाशित : १९ असार २०७४, सोमबार ०५:२६