प्रभावकारी बन्दै थोपा सिँचाइ कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभावकारी बन्दै थोपा सिँचाइ कार्यक्रम



जुम्ला।  जिल्ला कृषि विकास कार्यालयद्वारा सञ्चालित थोपा सिँचाइ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जिल्लाको पटमारा, लाम्रा र तातोपानी गाविसमा सुरु गरिएको यो प्रविधि निकै नौलो र प्रभावकारी ठानिएको छ ।

 

प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेल नेतृत्वको जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा सञ्चारकर्मीसहितको टोलीले लाम्रा–६ का पृथ्वीबहादुर भण्डारीको आठ हजार वर्गमिटरमा लगाइएको ३०० बोटको बगैँचामा प्रयोग गरिएको थोपा सिँचाइ प्रविधिको अनुगमन गर्दा यो असाध्यै प्रभावकारी भएको ठहर गरिएको हो ।

जिल्ला कृषि विकास कार्यालयका निमित्त वरिष्ठ कृषि विकास अधिकृत विष्णुबहादुर महतले इजरायलद्वारा प्रतिपादित यो प्रविधि नेपालका लागि निकै नौलो भएको बताए। पानी र सिँचाइको अभाव भएको र अलि समतल ठाउँमा यो प्रविधि प्रभावकारी बन्ने हेतुले आव २०७१÷७२ मा करिब रु चार लाख बजेटमा परीक्षणका रुपमा सुरु गरेपछि सोचेभन्दा राम्रो भएको उनको भनाइ छ ।

पानी अनावश्यक रुपमा खेर नजाओस् र स्याउ उत्पादनमा अधिकतम लाभ मिलोस् भन्ने ध्येयले पनि यो गुणस्तरीय प्रविधि लागू गर्नुतर्फ मुखरित भएको नि। अधिकृत महतले जनाए ।

उक्त कार्यालयका कृषि प्रसार अधिकृत धनबहादुर कठायतले कर्णालीलाई ‘एप्पल जोन’का रुपमा विकसित गर्दै लैजाने जनाउँदै यस प्रविधिले स्थानीय जनताको जीवनशैली फेरबदलमा सहयोग पु¥याउने बताए । यता योजना अधिकृत बालकराम देवकोटाले यो प्रविधि धौलागिरिको मनाङ र मुस्ताङ तथा कर्णालीका पाँच जिल्लामा लागू भएको बताए । यस प्रविधिले स्याउ उत्पादनमा वृद्धि र रङ्ग पनि सही दिन सघाउ पु¥याउने भएकाले कार्यक्रम प्रभावकारी बन्दै जाने उहाँले विश्वास व्यक्त गरे ।

प्रकाशित : २८ असार २०७२, सोमबार ०२:०२