२ दशमलव ४७ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

२ दशमलव ४७ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ १९ असार ।सोमबार नेप्से २ दशमलव ४७ अंकले उकालो लागेको छ। सोमबार नेप्से उकालो लागेको भएपनि धेरै जस्तो समुहले गुमाएका छन् । सोमबार बैंक र विकस बैँक समुहले मात्र कमाएका छन् । सोमबार कारोबारमा आएका १४५ कमपनीको ८ लाख ३८ हजार ३ सय ९८ कित्ता सेयरबाट ४४ करोड ६७ लाख ९५ हजार ५ सय ४६ रुपैयाको कारोबार भएको छ।
सोमबार सबै भन्दा धेरै होटल समुहले गुमाएको छ। सोमबार होटल समुह ३७ दशमलव १ अंकले ओरालो लागेको छ । सोमबार जलविधुत समुह ९ दशमलव ०३ अंकले, इन्स्योरेन्स समुह ७ दशमलव २९ अंकले, उतपादनमुलक समुह ६ दशमलव ७५ अंकले, फाइनान्स समुह ४ दशमलव ५८ अंकले र अन्य समुह ३ दशमलव ७६ अंकले ओरालो लागेको छ ।
सोमबार विकास बैक समुह र बैक समुह भने उकालो लागेका छन् । सोमबार विकस बैँक समुह ६ दशमलव ६८ अंकले र बैँक समुह ६ दशमलव ११ अंकले उकालो लागेको छ ।

प्रकाशित : १९ असार २०७४, सोमबार ०९:४२