अर्थतन्त्रको आकार अब २१ खर्ब २४ अर्ब « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अर्थतन्त्रको आकार अब २१ खर्ब २४ अर्ब



काठमाडौं । चालू आर्थिक वषमा नेपालको कूल गार्हस्थ उत्पादनको आकार रु. २१ खर्ब २४ अर्ब पुग्ने अनुमान गरिएको छ । गत आव २०७०/७१ को तुलनामा ९ दशमलव ४२ प्रतिशत वद्धि भई अर्थतन्त्र यो आकारमा पुगेको अर्थमन्त्री डाक्टर रामशरण महतले हिजो व्यवस्थापिका संसद्मा आर्थिक सर्वेक्षण २०७१/७२ सार्वजनिक गर्ने क्रममा बताएका हुन् ।

गत आवमा नेपालको अर्थतन्त्र रु १९ खर्व ४१ अर्व रहेको थियो । अर्थतन्त्रको आकार बढेसँगै चालू आवमा प्रतिव्यक्ति आय रु. ७४ हजार ९ २२ अर्थात् ७ सय ६२ अमेरिकी डलर पुगेको हो । गत आवको प्रतिव्यक्ति वार्षिक आय ७ सय १७ अमेरिकी डलर थियो ।

कुल राष्ट्रिय आयको आधारमा भने नेपालीको प्रतिव्यक्ति आय ७ सय ७२ अमेरिकी डलर पुगेको छ । सरकारले चालू आवमा पनि लक्ष्य अनुपरुपको आर्थिक वृद्धि हासिल गर्न भने सकेन ।

सरकारले चालू आवको बजेट प्रस्तुत गर्दा ५ दशमलव ५ र बजेटको मध्यावधि समीक्षामा ५ प्रतिशतको हाराहारीमा आर्थिक बृद्धिदर रहने अनुमान गरेको थियो । आर्थिक वर्ष २०७१/७२ को आधारभूत मूल्यमा आर्थि बृद्धिदर ३ प्रतिशत रहने सर्वेक्षणमा उल्लेख गरिएको छ । आजको अभियानबाट ।

प्रकाशित : २८ असार २०७२, सोमबार ०४:०७