७ सय ६ उम्मेदवारको धरौटी जफत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

७ सय ६ उम्मेदवारको धरौटी जफत



काठमाडौं, असार २१ । प्रदेश नम्बर ३ अन्तर्गत बैशाख ३१ मा मकवानपुरमा भएको स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उठेका ७ सय ६ उम्मेदवारको धरौटी जफत भएको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

जिल्लाको ८ वटा गाउँपालिका, एक नगरपालिका र एक उप महानगरपालिकाको स्थानीय तहका लागि उम्मेदवारी दिएकमा मध्ये ७ सय ६ जनाको धरौटी जफत हुने भएको हो ।

निर्वाचनमा कुल खसेको सदर मतको १० प्रतिशत मत नआए धरौटी जफत हुने जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित : २१ असार २०७४, बुधबार ०५:२१