आइफोन सेभेन (भिडियो सहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

आइफोन सेभेन (भिडियो सहित)



antonio-de-rosa-iphone-7-concept-2यसैवर्ष आइफोन सिक्स  र सिक्स प्लस सार्वजनिक गरेको एप्पल कम्पनीले मोबाइलको नयाँ संस्करण आइफोन सेभेनको तयारी पनि सुरु गरेको छ । आइफोन प्रयोगकर्तामा आइफोन सेभेन कस्तो हुने छ भन्ने उत्सुकता छ ।

एप्पलले अहिले आइफोन सेभेनको डिजाइन तथा त्यसमा समावेश गरिने नयाँ सुविधाका बारेमा तयारी गरिरहेको जनाएको छ । यसैसन्दर्भमा डिजाइनर एन्टोनियो डि रोजाले आइफोन सेभेनको अवधारण सार्वजनिक गरेका छन् ।

डिजाइनर रोजाले प्रस्ताव गरेको आइफोन सेभेनमा टच स्क्रिनको विकल्पमा डिजिटल क्राउन समावेश गरिएको छ । औंलाले स्क्रिनलाई नछोइकन क्राउनको सहायताले जुम इन र आउट तथा इस्क्रोल गर्न सकिनेछ । क्राउनमा टच आइडी तथा सेन्स वटन हुने भएकाले प्रयोग गर्न सजिलो हुने डिजाइनर रोजाले दाबी गरेका छन् । प्रस्तावित डिजिटल क्राउनमा एकीकृत टच आइडी सेन्सरका साथै होम बटन फङसन पनि हुनेछ ।

यस्तै प्रयोगकर्ताले एकै हातले आइफोन प्रयोग गर्न सहज होस् भन्ने हेतुले फोनको लम्बाइ केही घटाइने छ । ५ दशमलव ५ इन्चको स्क्रिन रहने आइफोन सेभेनको मोटाइ जम्मा ६ दशमलव ९ एमएम मात्र हुनेछ, जुन आइफोन सिक्स भन्दा पनि पातलो हो । यदि यो डिजाइन एप्पलले स्वीकृत गरे डिजिटल क्राउन भएको पहिलो स्मार्टफोन हुनेछ ।

आइफोन सेभेनको प्रस्तावित डिजानको याहाँ भिडियो हेर्नुहोस

 

 

प्रकाशित : १ जेष्ठ २०७२, शुक्रबार ०४:५८