कहाँ छ धेरै सुन ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कहाँ छ धेरै सुन !



काठमाडौं । मानिन्छ कि अमेरिकाको  केंटुकी फोर्ट नक्स स्थित बुलियन डिपोजिटरीमा सुनको ठुलो मात्रा राखिएको छ । त्यहा लगभग ४ हजार ५ सय  ७७ मेट्रिक टन सुन राखिएको छ, जुन मानव इतिहासमै  आज सम्म उत्खनन गरेर निकालिएको कुल सुनको करिब ४० औ  भाग हो  ।

सन् १९३६ मा अमेरिकी ट्रेजरी डिपार्टमेन्टद्वारा  केंटुकी  स्थित फोर्ट नक्समा  यूनाइटेड स्टेट्स बुलियन डिपोजिटरीको निर्माण कार्य सुरु गरिएको थियो । अमेरिकी ट्रेजरी डिपार्टमेन्टलाई उक्त जमीन अमेरिकी मिलिटरीले  प्रदान  गरेको थियो । जसको  निर्माण कार्य  डिसेम्बेर  १९३६ मा सम्पन्न भएको थियो । यस भवनको  निर्माण कार्यको लागि त्यो समयमा ५ दशमलब ६ लाख अमेरिकी डलर बराबर खर्च भएको  थियो । सन्  १९८८ मा भवन रहेको ठाउँलाई  अमेरिकी नेशनल रजिस्टर अफ हिस्टोरिक प्लेसेज (ऐतिहासिक स्थानहरुको राष्ट्रीय सूची)मा  समाबेश  गरिएको थियो ।

अमेरिकी केन्द्रिय बैंक फेडरल रिजर्वको  न्यूयार्क कार्यालयमा रहेको  स्वर्ण कक्षमा पनि केंटुकीफोर्ट भन्दा पनि अधिक सुन राखिएको छ, तर त्यस कक्ष राखिएको सुन अमेरिकाको मात्र नभई  विभिन्न देश र संगठनहरुको समाबेश रहेको छ  । यस भवनको  जमिन   स्तरभन्दा  ८०  फीट मुनि एउटा ठुलो स्वर्ण कक्ष रहेको छ, जसमा करिब  ७ हजार  मीट्रिक टन सुन राखिएको छ । संसार भर छरिएर रहेको कुल सुनको १० औ भाग उक्त कार्यालयमा रहेको छ, तर संसारकै सबैभन्दाको  ठुलो सुन खानी  ग्रैसबर्ग (पापुआ, इंडोनेशिया) रहेको छ।एजेन्सीको सहयोगमा

प्रकाशित : २८ असार २०७२, सोमबार ०४:२१