९ दशमलव ७८ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

९ दशमलव ७८ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ २१ असार । धेरै दिन पछि नेप्से उकालो लागेको छ ।बुधबार नेप्से ९ दशमलव ७८ अंकले उकालो लागेको छ। बुधबार होटेल र उतपादनमुलक समुह बाहेक अरु सबै समुहले कमाएका छन । बुधबार कारोबारमा आएका १३८ कम्पनीको १० लाख ७९ हजार ५ सय ७६ कित्ता सेयरबाट ४८ करोड २९ लाख ८४ हजार २ सय ९४ रुपैयाको कारोबार भएको छ।
बुधबार इन्स्योरेन्स समुहले सबै भन्दा धेरै कमाएको छ । बुधबार इन्स्योरेन्स समुह ५० दशमलव ०६ अंकले उकालो लागोको छ। बुधबार जलविधुत समुह २० दशमलव २६ अंकले, विकास बैँक समुह १४ दशमलव ०८ अंकले, बैँक समुह ९ दशमलव ९४ अंकले, फाइनान्स समुह २ दशमलव ०८ अंकले र अन्य समुह ० दशमलव ८६ अंकले उकालो लागेको छ ।
बुधबार होटल र उतपादनमुलक समुह भने ओरालो लागेका छन् । बुधबार होटल समुह ६ दशमलव ३१ अंकले र उतपादनमुलक समुह ३ दशमलव २६ अंकले ओरालो लागेको छ ।

प्रकाशित : २१ असार २०७४, बुधबार ०९:३५