वित्तीय संस्था गाभिने क्रम बढ्दो, फेवा र विश्व बैंक गाभिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

वित्तीय संस्था गाभिने क्रम बढ्दो, फेवा र विश्व बैंक गाभिए



पोखरा । पोखरामा धमाधम वित्तीय संस्था एक आपसमा गाभिने क्रम बढ्दो छ । यही भिडमा पोखराको चिप्लेढुंगामा मुख्य कार्यालय रहेका फेवा फाइनान्स र विश्व विकास बैंक एक आपसमा गाभिई आजबाट फेवा विकास बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् ।

गाभिएसँगै बैंकको प्रमुख कार्यकारी अधिकृतमा फेवा फाइनान्सका रेशमबहादुर थापा रहेका छन् भने संचालक समितिको अध्यक्ष विश्व विकासका जगनबहादुर गुरुङ रहेका छन् ।

मर्जरको प्रक्रिया थालेको छोटो अवधिमा डिडिए सम्पन्न गरी स्वाप रेसियो समेत मिलाउन दुवै संस्था सफल भएका छन् । विषय विज्ञपछि नियुक्त गर्ने गरी अहिलको लागि संञ्चालक समितिमा दुवै संस्थाबाट चार-चार जना राख्ने निर्णय गरिएको अध्यक्ष जगनबहादुर गुरुङले बताए ।

दुवै बैंक एक भएसँगै कम्पनीको चुक्ता पुँजी ८१ करोड ६२ लाख रुपैयाँ पुगेको छ । गाभिएपछि अब ठूलो लगानीका लागि समेत आफूहरु तयार रहेको थापाले जानकारी दिए । गाभिएसँगै बैंकको देशब्यापी सञ्जालको लागि काठमाडौंमा कर्पोरेट अफिस राख्ने भावि योजना भएको बताइएको छ ।

प्रकाशित : २८ असार २०७२, सोमबार १०:५७