नेप्सेमा झिनो गिरावट, २१ करोडको कारोवार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्सेमा झिनो गिरावट, २१ करोडको कारोवार



काठमाडौं । साताको दोश्रो दिन सोमबार ० दशमलव ९६ अंकले घटेको छ । सो दिन ९ सय ४४ अंकमा झरेर बजार भन्द भएको छ ।

आइतवार  नेप्से १ अंकले बढेको थियो । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी ९ दशमलव २९ अंकले घटेको छ । त्यस्तै जलविद्युतको ६ दशमलव ७४, होटल समुहको ५ दशमलव ८३,विकास बैंकको १ दशमलव ३२ र बैंकिङ समुहको ० दशमलव ७५ अंकले घटेको छ ।

यता फाइनान्स, उत्पादन तथा अन्य समुहको परिसुचक भने ० दशमलव ०३,२ दशमलव ७९ र १ दशमलव १७ अंकले ओरालो लागेको छ । सो दिन कारोबारमा आएका १ सय ४३ कम्पनीका ५ लाख २७ हजार कित्ता सेयर किनबेचबाट  २१ करोड ३० लाखको कारोबार भएको छ ।

प्रकाशित : २८ असार २०७२, सोमबार ११:०१