गरिमाको केन्द्रिय कार्यालय लाजिम्पाटमा स्थानान्तरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गरिमाको केन्द्रिय कार्यालय लाजिम्पाटमा स्थानान्तरण



काठमाडौ २४ असार । पोखरालाई आधार बनाएर वित्तीय सेवा प्रदान गर्दै आएको गरिमा विकास बैंकले काठमाडौको लाजिम्पाटमा केन्द्रिय कार्यालय स्थानान्तरण गरेको छ ।

शुक्रबार बैंकले एक कार्यक्रम आयोजना गरि कार्यालय उद्घाटन गरेको हो । राष्ट्र बैकंका गभरनर डा. चिरञ्जिवि नेपालले बैंकको प्रधान कार्यालयको उद्घाटन गरे । बैंकले सेवाग्राहीलाई उत्कृट वित्तीय सेवा सहज रुपमा दिन कुनै कन्जुस्याई नगर्ने बताएको हो । सेवाग्राहीको हितलाई ध्यान दिएर नै कार्यालय स्थानान्तरण गरेको बैंकले जनाएको छ ।

१० बर्ष अघि स्याङ्जामा ३ जिल्ला कार्यक्षेत्र रहने गरि सुरु भएको बैकं नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजत प्राप्त संस्था हो ।

प्रकाशित मितिः २०७४ असार २४

प्रकाशित : २४ असार २०७४, शनिबार ०४:५६