संविधान निजी क्षेत्रमैत्री हुनुपर्नेमा जोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

संविधान निजी क्षेत्रमैत्री हुनुपर्नेमा जोड



काठमाडौं, आषाढ २८ । अब आउने संविधान निजी क्षेत्रमैत्री बन्नुपर्नेमा उद्यमी–व्यवसायीले जोड दिएका छन् । युवा संघ नेपालले सोमबार काठमाडौंमा गरेको ‘भूकम्पपछि निजी क्षेत्रको भूमिका र आगामी बजेट’सम्बन्धी छलफल कार्यक्रममा उक्त जोड दिइएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष पशुपति मुरारकाले संविधानको प्रारम्भिक मस्यौदा निजी क्षेत्रमैत्री नभएको गुनासो गरेका हुन् ।b8qla5zw

सम्पत्तिको अधिकारलाई मौलिक हकमा राखेर प्रत्याभूति नगरे उद्यमशीलता विकास हुन नसक्ने उनको भनाइ छ । संविधान छिटो ल्याउने नाउँमा जथाभावी नगर्न पनि उनले आग्रह गरे ।

भूकम्पका कारण स्वरोजगार, साना व्यवसायीदेखि ठूला उद्योगमा पनि धेरै क्षति पुगेको भन्दै बजेटमा यी क्षेत्रलाई पनि सम्बोधन गरिनुपर्ने मुरारकारले माग गरे ।

अर्थ मन्त्रालयका प्रवक्ता रामशरण पुडासैनीले बजेटको तयारी र प्राथमिकताबारे जानकारी गराएका थिए ।

प्रकाशित : २८ असार २०७२, सोमबार १५:५८