एभरेष्ट इन्स्योरेन्सको२० प्रतिशत बोनस शेयर पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एभरेष्ट इन्स्योरेन्सको२० प्रतिशत बोनस शेयर पारित



काठमाडाैँ २५ असार । शुक्रबार सम्पन्नभएकाे एभरेष्ट इन्स्योरेन्सको  १८औँ, १९औँ, २०औँ, २१औँ र २२औँ साधारण सभाले२० प्रतिशत बोनस शेयर पारित  गरेको छ ।

बोनस शेयर पश्चात कम्पनीको चुक्ता पूँजी १२ करोड १५ लाख रुपैयाँ पुगेको छ। उक्त पूँजीमा एक अनुपात छ को दरमा हकप्रद शेयर निष्काशनको प्रस्ताव पनि सभाले पारित गरेको छ।
त्यस अनुरुप अब कम्पनीको चुक्ता पूँजी ८५ करोड रुपैयाँ हाराहारी पुग्नेछ। त्यसमा थप बोनस शेयर दिएर एक बर्ष भित्र बीमा समितिले तोके बमोजिम एक अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउने कम्पनीको लक्ष छ। कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा हालै कमल गौतमलाई नियुक्त गरेको थियो।

प्रकाशित : २५ असार २०७४, आईतवार ०६:२३