नयाँ लघुवित्त संस्था खोल्न बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नयाँ लघुवित्त संस्था खोल्न बन्द



काठमाडौं, २५ असार । केन्द्रीय बैंकले नयाँ लघुवित्त संस्था खोल्न बन्द गरेको छ । आइतबार जारी मौद्रिक नीतिमार्फत् नयाँ लघुवित्त संस्था खोल्न बन्द गरिएको हो । मौद्रिक नीतिमा भनिएको छ–‘लघुवित्त संस्थाको इजाजतका लागि आवेदन लिने कार्य स्थगित गरिएको छ ।’

त्यस्तै लघुवित्त संस्थाहरुले ग्राहकसँग सम्बन्धित विभिन्न कोषहरुलाई एकीकृत गरी कार्यविधि बनाएर मात्र त्यस्तो कोषमा रहेको रकम उपयोग गर्न सकिने व्यवस्था पनि मौद्रिक नीतिमा छ ।

प्रकाशित : २५ असार २०७४, आईतवार ०८:५७