ग्रीसलाई यूरोजोनबाट तत्काल बाहिर ननिकाल्ने सहमती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ग्रीसलाई यूरोजोनबाट तत्काल बाहिर ननिकाल्ने सहमती



ग्रीसलाई  यूरोजोनबाट तत्काल बाहिर ननिकाल्ने सहमती  भएको छ । यूरोजोनका नेताहरुको बैठकपछि ग्रीसको लागि तेस्रो  बेलआउट दिने  सहमति भएको  छ । यूरोपियन यूनियनका प्रमुख  डोनाल्‍ड टक्‍सका अनुसार सबैको सर्वसम्‍मतिबाट  ग्रीसलाई  बेलआउट दिने सहमति भएको बताएका छन् । ग्रीस ईएमएस  ९युरोपियन स्ट्याबिलिटि मेकानिजम ० प्रोग्राममा सहमत भएको छ र उसले  पाउने सहयोगबाट अर्थतन्त्र तिब्र  सुधार हुने विश्वास ब्यक्त गरेका छन् , तर समझौताको व्यहोरा बारे खुलाएका भने छैनन् । ब्रसेल्‍समा  यूरोजोनका नेताहरुको बैठक करिब  १६ घण्टा भन्दा बढी  चलेको  थियो ।
डेनाल्‍ड टक्‍सका अनुसार ग्रीसले तीन सर्त पुरा गर्नु पर्नेछ । उक्त सर्त बितीय मन्त्रीहरुद्वारा तय गरिनेछ । तेस्रो  बेलआउट पैकेजबाट ग्रीसका बैंकहरुलाई  करिब २ हजार ५ सय  करोड़ यूरो दिइनेछ । त्यसै गरि ग्रीसको बेलआउट समझौतापछि जर्मन चांसलर एंजेला मर्केलले  ग्रीसको  पेन्सन प्रणालीमा छिटै सुधार गर्नुपर्ने बताएकी  छन् ।  उनका अनुसार सम्झौताका सर्तहरुमा कडाई गरिने, तीन बर्षमा  ८ हजार ६ सय देखि ८ हजार ७ सय  करोड यूरो दिईने र आईएमएफबाट पनि नँया पेकेजको मांग गरिने छ । सम्झौताको आशंकामा प्‍लान(बीको बारे सोधिएको प्रश्नमा मार्केलले जवाफ दिदै  यसको कुनै आवश्यकता नपर्ने बताएकी  छन् ।
त्यसै गरि यूरोसमुहका प्रमुख जेरोन दिजेलब्लुमका अनुसार कुल फण्डको ५० प्रतिसत भन्दा बढी खराब कर्जा व्यवस्थापनमा खर्चिने र बाँकि ५० प्रतिसत ग्रीस सरकारले लगानी गर्ने बताएका छन्। अहिलेको  परिस्थितिमा ग्रीसको लागि यो कदमले  नै खराब कर्जाहरु सन्तुलन ल्याउन सकिने  र अर्थतन्त्रमा पनि सकारात्मक परिवर्तन आउने बताएको छन् । ग्रीसका प्रधान मन्त्री एलेक्सिस सिप्रासले  सम्झौताको बचाउ गर्दै अब चाडै ग्रीस आफ्नो खुटामा उभिने प्रतिक्रिया दिए ।
यूरोजोनको सहमति पछि आगामी बुधवारसम्म ग्रीसको  लागि आर्थिक सुधारको कानून पास हुने अनुमान गरिएको छ । आईतबार ग्रीस संकटको बिषयमा  भएको आकस्मिक बैठकमा  यूरोजोनका  नेताहरुले ग्रीसको  प्रधानमन्त्री एलेक्सिस सिप्रासले करीब ९५  दशमलब ५ अर्ब  डलरको  पेकेजको लागि संसदमा प्रस्ताव पारित गर्नुपर्ने बताएका छन् । लगातार घटिरहेको युरो  ग्रिस सम्झौताको समाचार पश्चात १ दशमलब ११८७ डलरले बढेको छ।एजेन्सीको सहयोगमा

प्रकाशित : २८ असार २०७२, सोमबार १६:०३