राष्ट्रिय वाणिज्य बैकको चार वटा शाखा थप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्रिय वाणिज्य बैकको चार वटा शाखा थप



काठमाडौं २९ असार ।राष्ट्रिय वाणिज्य बैकको चार वटा शाखा थप भएको छ । बैंकले बुधबार तीन वटा र बिहीबार एक गरी चार वटा शाखा स्थापना गरेको हो ।

बैंकले झापाको झापाबजार, सिन्धुलीको भिमान, रुपन्देहीको सुरजपुरा र नवलपरासीको त्रिवेणीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

यीसँगै बैंकको शाखा संख्या १७९ वटा, शाखारहित बैंकिङ सेवा संख्या ९२ वटा, एटीएम संख्या १३० वटा र मोबाइल बैंकिङ सेवा ३ लाखभन्दा बढी ग्राहकले प्रयोग गरिरहेका छन् ।

प्रकाशित : २९ असार २०७४, बिहीबार १०:१६