नेपाल एसबिआई बैंकको पौने ५ लाख कित्ता शेयर लिलामीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल एसबिआई बैंकको पौने ५ लाख कित्ता शेयर लिलामीमा



काठमाडौं, साउन १ । नेपाल एसबिआई बैंकले हकप्रदमा बिक्री नभएको हकप्रद शेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । बैंकले साधारण समुहको चार लाख ६९ हजार ५२ कित्ता शेयर बोलकबोल मार्फत लिलाममा बिक्री गर्न लागेको हो ।

बोलकबोल मार्फत शेयर बिक्रीका लागि बैंकले आइतबार शिलबन्दी बोलपत्र आव्हान गरेको छ । बैंकको शेयर खरिद गर्न चाहनेले न्युनतम एक सय रुपैंयाँ मुल्यमा कम्तीमा १०० कित्ताका लागि साउन ९ गतेदेखि १६ गतेसम्म शिलबन्दी बोलपत्रमार्फत आवेदन दिन सक्नेछन् ।

नेपाल एसबिआई बैंकको शेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिट लिमिटेड रहेको छ ।

बैंकले जेठ ७ गतेबाट असार ११ गते सम्म सय रुपैयाँ अंकित मूल्यमा एक करोड ९९ लाख १९ हजार ४ सय २३ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

प्रकाशित : १ श्रावण २०७४, आईतवार ०५:११