विश्वकै अग्लो भवन साउदीमा बन्दै, १ खर्ब २४ अर्बभन्दा बढी खर्च लाग्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

विश्वकै अग्लो भवन साउदीमा बन्दै, १ खर्ब २४ अर्बभन्दा बढी खर्च लाग्ने



काठमाडौं । साउदी अरबमा विश्वकै सबैभन्दा अग्लो एककिलो मिटर भन्दा बढी उचाइको भवन बनाइने भएको छ । हालको सबैभन्दा अग्लो भवन दुबईको खालिफाको निर्माण गरेका आर्किटेक्ट एड्रियन स्मिथले विश्वकै अग्लो भवन साउदीमा बनाउनका लागी जिम्मेवारी लिएका छन् ।

तीन हजार २ सय ८१ फिट अग्लो उक्त भवन सन् २०१९ सम्ममा तयार हुनेछ । स्मिथ र उनका साथी गार्डन गिल जोद्दाले विश्वकै सबैभन्दा अग्लो भवन किंगडम टावरको निर्माणमा लागेका छन् । भवनमा १ सय ५७ तल्लालाई प्रयोग गर्न सकिने र निर्माणका लागी ८० हजार टन स्टिल लाग्ने अनुमान गरिएको छ ।

उक्त भवनलाई साउदीका अर्बपति प्रिंस अलवादीद बिन ललालले बनाउन लागेका हुन् । नयाँ भवनमा ५१ वटा लिफ्ट हुनेछन् ।

उक्त भवन निर्माणका लागि एक खर्ब २४ अर्ब भन्दा बढी रकम लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित : ३० असार २०७२, बुधबार ०२:३८