बजेट कार्यान्वयनमा निजिक्षेत्रको आशंका « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बजेट कार्यान्वयनमा निजिक्षेत्रको आशंका



 काठमाडौं। बजेट भाषण सकिएसँगै यसकै विषयलाई लिएर चर्चा परिचर्चा हुन थालिसकेको छ । यसै क्रममा निजि क्षेत्रका व्यावसायीहरुको पनि बजेट प्रति आफ्नै धारणा छन् । व्यवसायीहरु भन्छन् बजेट त आयो अब कार्यान्वयन हुनुपर्छ । बुधबार मिडिया इन्टरनेशनलमा आयोजित बजेटप्रति निजि क्षेत्रको धारणा विषयक एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले जुनजुन शिर्षकमा बजेट बिनियोजन भएको छ त्यसको कार्यन्वयन हुनुपर्छ यो बजेटलाई निजि क्षेत्रले स्वागत गरेको बताएका छन् ।

कार्यक्रममा बोल्दै उनले ६ प्रतिशत आर्थिक बृद्धिदरको कुरालाई लिएर पहिलेनै सपना देख्न नहुने धारणा व्यक्त गरे ।  विदेशीले अपार्टमेन्ट किन्न सक्ने कुरा र स्मार्ट सिटी बनाउने कुरालाई बजेटमा जोड दिइएको छ यसलाई कार्यान्वयन गर्नुपर्छ उनले बताए । ७५ हजार जनतालाई रोजगारी तालिम दिने कुरा बजेटले विनियोजन गरेको छ यसलाई निजि क्षेत्रसँग मिलेर संचालन गर्न सक्यो भने यसले रोजगारमा सकरात्मक भुमिका खेल्ने र बिदेशिने क्रम कम हुनसक्ने पनि उनले प्रष्ट पारेका छन् । विशेष कर छुट दिने कुरा आएको छ यो स्वागत योग्य भएको श्रेष्ठले बताएका छन् ।

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष राजेन्द्र मल्लले बजेट आयो हामीले मुरी खोजेको तर मुठ्ठी मात्र प्राप्त भएको बताएका छन् । ३० प्रतिशत बृद्धि गरेर बजेट ल्याइएको छ तर दिर्घकालीन नभएको उनको गुनासो छ । बैंक तथा बित्तिय संस्थाहरुको मर्जको विषयमा बजेटमा कुराहरु आएका छन् यो विना योजना आएको र यो कार्य त्यति सजिलो नभएको मल्ले बताएका छन् । बजेटले व्यावसायीलाई जति समेट्नुपथ्र्यो सोही अनुरुप नभएको र आफुलाई यो बजेट चकलेटी पाराको लागेको उनको ठम्याई छ ।

नेपाल पर्यटन व्यावसायी संघ (टान) का अध्यक्ष रमेश धमलाले बजेटको विषयमा बोल्ने क्रममा आधा भन्दा बढी अर्थतन्त्रको हिस्सा ओगटेको पर्यटन क्षेत्रलाई प्राथमिकतामा नराखेर सरकार ठुलो अवसरबाट चुकेको बताएका छन् ।

उनले बजेटमा पर्यटनलाई मुख्य शिर्षकमा नराखी भित्रि कुराको रुपमा राखिएकाले बजेट सोचेजस्तो नभएको बताएका छन् । नेपाल सरकार पर्यटन क्षेत्रको बारेमा स्पष्ट नभएको र बजेटले गरेको कुरा व्यावसायीहरुको हितमा नभएको उनले बताए । सरकारले पर्यटनलाई बोली र नारामा मात्र सिमित राखको भन्दै यसको प्रगति र विकासमा सरकारले उचित व्यवस्था गर्न नसकेको भनाई राखे ।

प्रकाशित : ३० असार २०७२, बुधबार १५:५४