रेमिट्यान्स बृद्धि दर खुम्चिदो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

English

रेमिट्यान्स बृद्धि दर खुम्चिदो



काठमाडौं ३ साउन । गत आर्थिक बर्षको ११ महिनामा देशमा ८ खर्ब ९६ अर्ब ५७ करोड रुपैयाँ बराबरको बस्तु आयात भएको छ। तर देशबाट जम्मा ६८ अर्ब ६२ करोड रुपैयाँको मात्र सामान निर्यात भएको छ।

कुल आयातमा भारततर्फको मात्र ३९ प्रतिशतले बढेको छ। चीनको १० र यसवाहेकका मूलुकबाट हुने आयात २३.४ प्रतिशतले बढेको छ। पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एमएस बिलेट, सिमेन्ट, हवाइ जहाजका पार्ट पूर्जाको आयात उच्च भएको छ।

निर्यातभन्दा आयात धेरै गुणाले बढि भएकाले बस्तु ब्यापार घाटा ३३ प्रतिशतले बढेको छ। कुल ८ खर्ब २७ अर्ब ९५ करोड रुपैयाँ ब्यापार घाटा पुगेको छ।

उच्च आयातकै कारण गत बर्ष १३० अर्ब बचतमा रहेको चालु खाता यसपाली एक अर्ब ७२ करोड घाटामा गएको छ। शोधनान्तर बचत पनि १७१ अर्बबाट घटेर ७४ अर्बमा सीमित भएको छ।

विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स ६ खर्ब ३३ अर्ब ४२ करोड पुगे पनि बृद्धि दर खुम्चिएको छ। गत बर्ष ८.६ प्रतिशतले बढेको रेमिट्यान्स यसपाली ५.८ प्रतिशतले मात्र बढेको छ।

प्रकाशित : ३ श्रावण २०७४, मंगलवार १२:४७