२७ सिट क्षमता भएको हाइगर मिनी बस नेपाली बजारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

२७ सिट क्षमता भएको हाइगर मिनी बस नेपाली बजारमा



 

काठमाडाै ३ साउन । आर्क्स ग्रुप प्रा.लिले हाइगर बस कम्पनी लिमिटेडद्धारा निर्मित २७ सिट क्षमता भएको हाइगर मिनी बस नेपाली बजारमा ल्याएको छ । उपप्रधान मन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले मंगलबार एक कार्यक्रमका बिच उक्त बसको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा ग्रुपका प्रमुख कार्यकारी अधिकृत रजुल श्रेष्ठले हाइगर मिनी बस तथा उत्पादक कम्पनीबारे जानकारी दिँदै आयात गरिएको मिनी बसमा एसी हिटर, वाइफाई, रेफ्रिजेरेटर, टि.भि, साईड लगेज, आरामदायी सिटको व्यवस्था लगायतका विशेषता रहेको बताएका छन् । साथै उक्त बस सुविधायुक्त भएकोले लामो दुरी, अफिस, स्कुल तथा पर्यटन उद्योगमा धेरै रुचाइएको जानकारी दिइएको छ ।

चीनमा स्थापित हाइगर कम्पनीले वार्षिक रुपमा ३५ हजार भन्दा बढी बसहरु उत्पादन गर्ने क्षमता भएको विज्ञप्तिमा उल्लेख छ । साथै, उक्त कम्पनी कानुनी प्राबधानमा पनि प्रमाणित भएको हुनाले यस कम्पनीले १ सय भन्दा बढी मुलुकहरुमा विभिन्न मोडलका बसहरु निर्यात गर्दै आएको बताइएको छ ।

उक्त कम्पनीले विभिन्न सिट क्षमताका सिटी बस, एयरपोर्ट बस, स्कुल बसहरु उत्पादन गर्दै आउनुको साथसाथै नेपालको भौगोलिक स्वरुप अनुसारको भएको हुनाले नेपालमा लोकप्रिय बन्दै आएको कम्पनीले जनाएको छ ।

प्रकाशित : ३ श्रावण २०७४, मंगलवार १२:५८