ग्लोबल आइएमई बैंकले सुरु गर्यो नेपाली भाषामा अनलाइन बैंकिङ प्रणाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ग्लोबल आइएमई बैंकले सुरु गर्यो नेपाली भाषामा अनलाइन बैंकिङ प्रणाली



काठमाडौ । ग्लोबल आइएमई बैंकले नेपालमै पहिले पटक नेपाली भाषामा अनलाइन बैंकिङ प्रणालीको सुरुवात गरेको छ । बैंकका अनुसार नेपालका अन्य कुनै पनि बैंकहरुले नेपाली भाषामा बैंकिङ कारोबार प्रणाली सञ्चालन गरेका छैनन् ।

बैंकको आधिकारिक वेवसाइटमा गएर ग्लोबल अनलाइन बटनमा क्लिक गरे पछि आउने लग इन पेजबाट नेपाली भाषमा सेवा सुरु हुन्छ । अंग्रेजीमा लग इन गर्न चाहनेका लागि पनि अप्सन राखिएको छ । यसबाट सामान्य पढलेख भएका तथा भर्खरै इन्टरनेटको पहुँच पुगेका स्थानका सेवाग्राहीले सहजै अनलाइन बैंकिङ प्रणालीमा कारोबार गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित : ३० असार २०७२, बुधबार ११:५९