सगरमाथा इन्स्योरेन्सले १५ प्रतिशत बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सगरमाथा इन्स्योरेन्सले १५ प्रतिशत बोनस शेयर दिने



काठमाडौं ।सगरमाथा इन्स्योरेन्सले १५ प्रतिशत बोनस शेयर दिने भएको छ । इन्स्योरेन्सको बुधबार सम्मन्न १८औं वार्षिक साधारणसभाले गत सालको नाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर दिने निर्णय पारित गरेको हो ।

oo

इन्स्योरेन्सका अध्यक्ष रामकृष्ण मानन्धरले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रगति जारी राखेको तथ्यांक पेश गरे । कम्पनीले आर्थिक वर्ष २०७०/७१ मा अघिल्लो वर्षको तुलनामा व्यवसाय ५ प्रतिशतले बढाइ ९७ करोड १७ लाख रुपैयाँ प्रिमियन आर्जन गर्न सफल भएको जनाइएको छ ।

कम्पनी यो वर्ष २० करोड ३१ लाख बढी खुद नाफा गर्न सफल भएको पनि अध्यक्ष मानन्धरले जानकारी गराए ।

चालु आर्थिक बर्षको आषाढ २९ सम्म विनाशकारी भूकम्पका बाबजुत कम्पनी लक्ष्यअनुसारै १ अर्ब १ करोड बीमा प्रिमियम संकलन गर्न सफल भएको पनि उनले जानकारी गराए ।

विनासकारी भूकम्पका कारण कम्पनीमा करिब २७ सय दाबी परेकोमा हालसम्ममा ८ सय १ ओटा दाबी फस्र्यौट गर्नेक्रममा ६ सय ३ ओटा दाबीहरुमा १२ करोड १० लाख बराबरको पूर्णभुक्तानी गरिसकेको कम्पनीले जनाएको छ ।

३८ ओटा दाबीहरुमा पेश्कीस्वरुप ९ करोड ६२ लाख भुक्तानी दिइसकेको हुँदा दाबीबापत कुल २१ करोड ७२ लाख भुक्तानी दिइसकेको इन्स्योरेन्सले जनाएको छ ।

सन्चालक अजिथ आर गुणबर्दनेले जतिसुकै ठूलो विपत्ति आएपनि इन्स्योरेन्स हरेक चुनौती सामना गर्न तयार रहेको बताए ।

प्रकाशित : ३० असार २०७२, बुधबार १६:१७