माछापुच्छ्रे बैंकको हकप्रद खुल्यो,आवेदन कहाँ-कहाँबाट दिने ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

माछापुच्छ्रे बैंकको हकप्रद खुल्यो,आवेदन कहाँ-कहाँबाट दिने ?



काठमाडौ । माछापुच्छ्रे बैंकको आज (बिहीबार) देखि १२ प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ । बैंकले १०ः१.२ अनुपातमा ७९ लाख १८ हजार ४४० कित्ता सेयर बिक्री खुला गरेको हो । १०० रुपैयाँ अंकित मूल्यको हकप्रद सेयर भदौ ७ गतेसम्म भर्न पाइनेछ ।

माछापुच्छको  हकप्रद सेयरमा जेठ १५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसमा एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, माछापुच्छ्रे बैंकको अधिकांश शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । हकप्रदको बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्दैछ ।

हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ रहेको छ । हकप्रद निष्काशनपछि भने माछाको चुक्ता पुँजी ७ अर्ब ३९ करोड ५ लाख ४४ हजार रुपैयाँ हुनेछ ।

प्रकाशित : ५ श्रावण २०७४, बिहीबार ०५:५७