नेशनल लाइफ इन्स्योरेन्स कम्पनीकाे दर्ता किताब  बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीकाे दर्ता किताब  बन्द हुने



काठमाडौं, ५ साउन  । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २९ औं वार्षिक साधारणसभा साउन २७ गते बोलाएको छ । कम्पनीले उक्त साधारणसभा प्रयोजनका लागि साउन ८ देखि २७ गतेसम्म दर्ता किताब  बन्द गर्ने भएको छ ।

साधारणसभामा कम्पनीले २५ प्रतिशत बोनस शेयर जारी गर्ने र यस लगत्तै ६० प्रतिशत हकप्रद शेयर पनि जारी गर्ने प्रस्ताव लैजाने भएको छ ।

कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । कम्पनीले २५ प्रतिशत बोनस शेयर जारीपछि पुँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्ने छ । साथै बोनसपछिको हकप्रद शेयर जारी गर्दा पुँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित : ५ श्रावण २०७४, बिहीबार ०७:५३