१ दशमलव ५२ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

१ दशमलव ५२ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ ५ साउन । कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से १ दशमलव ५२ अंकले ओरालो लागेर बन्द भएको छ। बिहिबार कारोबारमा आएका धेरै जस्तो समुहले गुमाएका छन् । बिहिबार कारोबारमा आएका १५५ कम्पनीको १७ लाख ७५ हजार ९ सय ८९ कित्ता सेयरबाट ९६ करोड ७ लाख ३८ हजार ४ सय ६ रुपैयाको कारोबार भएको छ।
बिहिबार सबै भन्दा धेरै होटल समुहले गुमाएको छ। बिहिबार होटल समुह १६ दशमलव ४४ अंकले ओरालो लागेको छ । बिहिबार जलविधुत समुह ११ दशमलव ३१ अंकले, बैक समुह ५ दशमलव ४४ अंकले र विकास बैक समुह ३ दशमलव ८९ अंकले ओरालो लागेको छ ।
बिहिबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ। आज इन्स्योरेन्स समुह ७७ दशमलव ४ अंकले उकालो लागेको छ। आज उतपादनमुलक समुह १३ दशमलव ४७ अंकले, फाईनान्स समुह १ दशमलव २८ र अन्य समुह ० दशमलव ५८ अंकले उकालो लगेको छ ।

प्रकाशित : ५ श्रावण २०७४, बिहीबार ०९:३६