मन्त्रिपरिषदको बैंठकले के निर्णय गर्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मन्त्रिपरिषदको बैंठकले के निर्णय गर्यो ?



काठमाडौं । सरकारले पूर्व मुख्य सचिव सोमलाल सुवेदीको राजिनामा स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैंठकले सुवेदीलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राख्ने निर्णय खारेज गर्दै उनको राजीनामा स्वीकृत गरेको हो । सुवेदी अतिरिक्त समुहमा बस्दै एसियाली विकास बैंक (एडीबी)को वैकल्पिक कार्यकारी निर्देशकको जागिर खान फिलिपिन्सको मनिला गएका थिए ।

यसैगरी आज बसकेको बैंठकले संविधान अनुसार प्रतिनिधि सभाको १ सय ६५ वटा र प्रदेशका ३ सय ३० निर्वाचन क्षेत्र निर्धारणका लागि सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ ।

सर्वोच्च अदालतका पूर्व न्यायाधीश कमलनारायण दासको अध्यक्षतामा गठित पाँच सदस्यीय आयोगमा माधव अधिकारी, डा विश्वकल्याण पराजुली, गणेशराज कार्की सदस्य छन् । समितिको सदस्य सचिवमा बेगेन्द्र शर्मा पौडेल रहेका छन् । साथै आयोगलाई २१ दिनभित्र प्रतिवेदन बुझाउन सरकारले कार्यादेश दिएको छ।

प्रकाशित : ५ श्रावण २०७४, बिहीबार १६:५६