चन्द्रागिरि हिल्सको टिकट किन्दा यती एयरलाइन्समा २० प्रतिशतसम्म छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चन्द्रागिरि हिल्सको टिकट किन्दा यती एयरलाइन्समा २० प्रतिशतसम्म छुट



काठमाडौँ ६ साउन ।चन्द्रागिरि हिल्स लिमिटेड र यती एयरलाइन्स डोमेस्टिक बीच सेवाग्राहीलाई छुट  दिने विषयमा सम्झौता भएको छ ।

सम्झौता अनुसार यती एयरलाइन्समार्फत हवाई यात्रा गर्नुभएका यात्रु महानुभावहरुले हवाई यात्राको बोर्डिङ्ग पासका आधारमा चन्द्रागिरि केबलकारको टिकटमा २० प्रतिशत छुट प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ भने चन्द्रागिरि केबलकारको टिकटका आधारमा यती एयरलाइन्सको टिकटमा ११ देखि २० प्रतिशत सम्म छुट पाउने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

सम्झौता पत्रमा चन्द्रागिरि हिल्स लिमिटेडको तर्फबाट महाप्रबन्धक अभिषेक विक्रम शाह र यती एयरलाइन्स डोमेस्टिकको तर्फबाट प्रविना के.सी. ले हस्ताक्षर गरे ।

छुट योजना साउन १ गते देखि २०७५ असार मसान्तसम्म लागु हुनेछ ।

चन्द्रागिरि हिल्स लिमिटेडले ल्याउने सेवाग्राहीमुखि प्रर्बद्धनात्मक कार्यक्रम र यती एयरलाइन्सले ल्याउने दशैं तिहारको टिकट शुल्कमा यो योजना लागु नहुन विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित : ६ श्रावण २०७४, शुक्रबार ०९:४४