हिमालयन पावर पार्टनरको आइपीओ भर्दा नपरेको पैसा फिर्ता हुने कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

हिमालयन पावर पार्टनरको आइपीओ भर्दा नपरेको पैसा फिर्ता हुने कहिले ?



काठमाडाै ६ साउन । हिमालयन पावर पार्टनरको साधारण सेयर, आइपीओ भर्दा नपरेको पैसा साउन ८ गते आइतबारदेखि फिर्ता हुने भएको छ। आइतबारदेखि आइपिओ भर्दा नपरेको पैसा फिर्ता हुने भएपनि आइपीओ भर्दा उल्लेख कुन बैंक तथा वित्तीय संस्थामा पैसा फिर्ता दिने भन्ने टुंगो नलगाएको बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।

हिमालयन पावरको आइपीओ बाँडफाँड साउन ४ गते भएको हो। नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार भएको बाँडफाँडमा रित पूर्वक आबेदन दिएका १ लाख २९ हजार ३ सय २ जनाले हिमालयन पावरको १० कित्ता पाए। त्यस्तै ३४ हजार ४ सय जनाले २० कित्ता र ५ जनाले ११ कित्ता पाए।

हिमालयन पावर पार्टनरले असार १ देखि असार ५ गतेसम्म निष्काशन गरेको २१ लाख ३० हजार साधारण सेयरमा कुल १ लाख ६५ हजार १ जनाले आवेदन दिएका थिए । जस मध्ये १ लाख ६३ हजार ७ सय ३७ आवेदन योग्य र १२ सय ६४ आवेदन रद्द भए।

कम्पनीले निष्काशन गरेको २१ लाख ३० हजार ८ सय ३४ कित्ता सेयरमध्ये ४२ हजार ६ सय १७ कित्ता कर्मचारी र एक लाख ६ हजार ५ सय ४२ कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याइएको हो।

सर्वसाधारणका लागि आइपिओ निष्काशन तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी प्रोमोटर सेयर सहित १ अर्ब ६ करोड पुग्ने छ। २०६१ मा प्राइभेट कम्पनीको रुपमा स्थापना भएको यस कम्पनीले उर्जा क्षेत्रमा आवश्यक रिसर्च, बिकास र कनसल्ट्यानसको काम गर्दै आएको थियो। हिमालयन पावरमा गैर आवासीय नेपाली, एनआरएनको लगानी भित्रीएसंगै सन २०१३ देखि यस कम्पनी पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएको हो।

प्रकाशित : ६ श्रावण २०७४, शुक्रबार ११:५८