सिएनआईको वरिष्ठ उपाध्यक्षमा सतिशकुमार चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

सिएनआईको वरिष्ठ उपाध्यक्षमा सतिशकुमार चयन



काठमाडौं ६ साउन । नेपाल उद्योग परिसंघ (सिएनआई) को वरिष्ठ उपाध्यक्षमा सतिशकुमार मोर चयन भएका छन् । सिएनआईको १४ औं बार्षिक साधारणसभाले उनलाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको हो ।

सिएनआईको विधान अनुरुप वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुनेछ । जस अनुरुप मोर अबको एक बर्ष सिएनआईको अध्यक्ष हुनेछन् । सिएनआईले उपाध्यक्ष मोरलाई उनको कार्यक्षमता तथा दक्षताका आधारमा वरिष्ठ उपाध्यक्षमा चयन गरेको हो । सिएनआईको १३ औं साधारणसभाबाट उनी उपाध्यक्ष चयन भएका थिए ।

सिएनआईको १३ औं साधारणसभाले ५ जना उपाध्यक्ष चयन गरेको थियो । सोही मध्यबाट मोरलाई वरिष्ठमा चयन गरिएको हो । मोर नेपालको अग्रणी व्यवसायीक समुह लक्की ग्रूपका अध्यक्ष हुन् ।

प्रकाशित : ६ श्रावण २०७४, शुक्रबार १२:३०