ज्योति विकास बैंकको सेयर लिलामीमा साउन १६ गतेदेखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ज्योति विकास बैंकको सेयर लिलामीमा साउन १६ गतेदेखि



काठमाडौं ८ साउन  । ज्योति विकास बैंकले ७ लाख ७० हजार संस्थापक हकप्रद सेयर लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले साउन १६ गतेदेखि २३ गतेसम्म संस्थापक सेयर लिलामीमा बिक्री गर्न लागेको हो ।

बैंकले गत बैशाख २८ गतेदखि जेठ ३१ गतेसम्म संस्थापक हकप्रद सेयर बिक्री खुल्ला गरेको थियो । हकप्रद मार्फत बिक्री नभएको सेयर लिलाममा बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

सेयरको न्युनतम मुल्य एक सय रुपैयाँ प्रति कित्ता छ । आवदेशकले न्युनतम एक सय कित्तादेखि अधिकतम ४ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

प्रकाशित : ८ श्रावण २०७४, आईतवार ०७:००