एफएनसीसीआईमा भवानी राणाका १०० दिन, यस्ता छन अागामि योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

एफएनसीसीआईमा भवानी राणाका १०० दिन, यस्ता छन अागामि योजना



काठमाडौं, ८ साउन । भारतीय लगानी भित्र्याउन नेपाल उद्योग वाणिज्य महासंघले विशेष लगानी सम्मेलन गर्ने भएको छ । आइतबार महासंघको नयाँ नेतृत्व आएको सय दिन पूरा भएको सन्दर्भमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणाले सो जानकारी दिएकी हुन् ।

महासंघले उत्पत्तिको प्रमाणपत्रलाई अनलाइन प्रणालीमा लैजानुका साथै एनएनसीसीआई प्रेसिडेन्ट कप २०–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । साथै महासंघका सदस्यहरूका निम्ति टोल फ्रि हेल्प लाइन सञ्चालन गर्नेलगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।

 

प्रकाशित : ८ श्रावण २०७४, आईतवार १०:५३