यी पाँच साना व्यवसायले बनाउछ तपाईलाई मालामाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

यी पाँच साना व्यवसायले बनाउछ तपाईलाई मालामाल



कुनै पनि काम सानो र ठूलो भन्ने हुन्न । तपाई पढाई सकेर घरमा बस्नु भएकाे छ र काम समेत पाउनु भएकाे छैन भने साना कुराले धेरै माथि पुर्याउन सहयोगी बन्छ । यहाँ हामी तपाईलाई ५ वटा बिजनेस अाइडिया शेयर गर्दै छाैँ जस्ले तपाईलाई मालामाल बनाउन सक्छ ।

माेबाइल रिपेरिङ्ग

हरेक दिन मोबाईल रिपेरिङ्गका लागि मानिसहरु धाइनै रहेका हुन्छन । प्राय मोबाइलको रिपेयर कम्पनीमा हुन्छ र कनैको हरेक मोबाइल रिपेरिङ्ग सेन्टरमा । मोबाइल रिपेरिङ्गको लागि सानो कोर्ष नि गर्नु पर्छ । हेर्दा मोबाइल रिपेरिङ्गको काम सानो हो तर यसको गहिराईमा सोचेर हेर्दा धेरै नै ठूलो बिजनेस हो । यसमा तपाईले एक बर्ष भित्र राम्रो अाम्दानी लिन सक्नु हुन्छ । यसमा इमान्दारिताका साथ काम गरेर कस्टमरलाई विश्वासमा राख्न सके सफलता तपाईकै हातमा हुन्छ ।

सेकेन्ड ह्यान्ड मोबाइल खरिद बिक्री

मोबाईल रिपेरिङ्गको साथै तपाइले पुराना मोबाइलको खरिद बिक्रीलाई पनि अगाडि बढाउन सक्नु हुन्छ । यसमा तपाईले कति कमाउन सक्नु हुन्छ भन्ने सिमा हुँदैन । एउटा ४० हजारको फोन कसैले बेच्यो भने १५ हजार मात्रै अाउछ । तर त्यही मोबाइल कसैले २ महिना पछि अाएर बेच्यो भने त्यसलाई रिपेयर गरेर २० देखि २५ हजार रुपैयाँ सम्ममा बेच्न सक्नु हुन्छ । अाज भोली जो कोहीले पनि महंगो मोबाइल सेकेन्ड ह्यान्ड नै किनेर चलाउछन ।

खेलाैना पसल


खेलाैनाको कमाइ यस्तो बजार हो जस्को कहिले पनि मन्दी अाउदैन । खेलाैनाको पसलबाट तपाइ बिस्तारै राम्रो अाम्दानी गर्न सक्नु हुन्छ । हस्पिटल, स्कुल लगायतका स्थानमा यो व्यवसाय गर्दा उत्तम हुन्छ । यसका लागि तपाइले पसलमा त्यस्ता मात्रै खेलाैना राख्नु पर्छ वरपरका घरकाले खर्च अनुसार खरिद गर्न सकुन ।

लेडिज प्रोडक्ट


लेडिज प्रोडक्ट जस्तै चुरा, पोते, क्रिम पाउड लगायतका धेरै चीज दैनिक महिलाहरुले खरिद गरेकै हुन्छन । लेडिज प्रोडक्ट पसल यस्तो चिज हो यसमा मन लगाएर बिजनेश गरेको खन्डमा नोक्सान हुँदैन । किन कि महिलाले शाैन्दर्यका लागि प्रयोग गर्ने धेरै उत्पादनहरुको मुल्य पनि धेरै हुन्छ । र सोही अनुसार तपाईलाई अाउने नाफा पनि सोही हिसाबको हुन्छ ।

 

अनलाईनबाट बेच्नुस अाफ्ना उत्पादन

चाहे मोबाइल होस या खेलाैना तपाई यसलाई अनलाईनको माध्यमबाट बेच्न सक्नु हुन्छ । तपाइ इन्टर नेटको नजिक हुनुहुन्छ भने रिसर्च गर्नुस धेरै वेबसाइटहरुले अनलाईनबाट नै मोबाइल र खेलाैना बेच्ने गरेका हुन्छन । त्यस्तै लेडिजको लागि लेडिज प्रोडक्ट पनि अनलाइनबाट बेच्न सक्नु हुन्छ । अनलाइनबाट बेच्न थाल्दा बिस्तारै तपाइको अासपार र पुरै देश भरिनै किनबेचको संभावना प्रवल छ । यस हिसाबले तपाई सानो कामबाट पनि लखपति बन्न सक्नु हुने छ ।

 

प्रकाशित : ८ श्रावण २०७४, आईतवार १२:५५