एन आई सीद्वारा बालबालिकालाई शैक्षिक सामाग्री वितरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एन आई सीद्वारा बालबालिकालाई शैक्षिक सामाग्री वितरण



काठमाडौं, ८  साउन। एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो सेवाको १९ वर्ष पार गरी २० औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा बालबालिकाहरुको लागि आवश्यक सामग्री वितरण गरेको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत ललितपुर जिल्लाको भैसेपाटी स्थित अनाथ बाल बाटिका संघमा आश्रीत विभिन्न दुर्गम जिल्लाहरुबाट आएका बालबालिकाहरुलाई शैक्षिक सामाग्री एवं खाद्य सामाग्री वितरण गरेको हो ।

साथै, सोहि अवसर पारेर बैंकले देशमा विद्यमान चरम रक्त अभावलाई केही हदसम्म भएपनि सहयोग हुने अपेक्षा लिई थापाथली स्थित आफ्नो रजिष्टर्ड कार्यालय भएको भवनमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । जसमा करीब १५० जना रक्तदाताले रक्तदान गरेका थिए ।

बैंकले हालै देशभरि फैलिएको आफ्नो शाखा संजाल मार्फत देशको विभिन्न स्थानहरुमा करिब ८ हजार विरुवाहरुको वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको थियो । यस्तो वृक्षारोपणबाट वातावरणीय सन्तुलन र हरियाली कायम गर्न थप योगदान पुग्ने विश्वास पनि बैंकले लिएको छ ।

प्रकाशित : ८ श्रावण २०७४, आईतवार १३:३०